नियम ४
जग्गाको बिक्री वितरण
(१) नियम ३ बमोजिम प्रकाशित सूचनाको म्यादभित्र पर्न आएको फाँटवारीका सम्बन्धमा आवश्यक कुराहरू जाँचबुझ गर्नको निमित्त सरोकारवाला व्यक्तिहरू उपस्थित हुनु भनी कम्तीमा १५ दिनको म्याद तोकी कमिशनले जग्गा भएको सम्बन्धित गाउँ विकास समिति वा नगरपालिकामा सबैले देख्ने ठाउँमा सूचना टाँस्नु पर्दछ । सो बमोजिम सूचना टाँस भएपछि सम्बन्धित व्यक्तिहरूलाई तामेल भएको मानिनेछ । यसरी टाँस गरिएको सूचनाको म्यादभित्र सरोकारवाला व्यक्तिहरू उपस्थित नभएमा पनि कमिशनले आवश्यक जाँचबुझ गरी ऐन बमोजिम जफत हुने जग्गा जफत गरी बिक्री वितरण गर्न कमिशनलाई बाधा पु¥याएको मानिने छैन ।
(२)उपनियम (१) बमोजिम जफत भएको जगा बिक्री वितरणमा पाउने व्यक्तिलाई कमिशनले जग्गाको पूर्जा दिनेछ ।